काभ्रेको पनौती नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामशरण भण्डारी निर्वाचित भएका छन्।
२०७४ मा निर्वाचित भएका एमालेका भीम न्यौपानेलाई पछि पार्दै भण्डारी मेयरमा निर्वाचित भएका हुन्।
काभ्रेमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन छ।
भण्डारीले १४०५० मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी न्यौपानेले ११७८३ मत ल्याए।
उमपेयरमा भने एमालेकी गिता बन्जारा निर्वाचित भएका छन्।
गिताले १२३३७ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका छवीलाल हुमागाईँले १०३८८ मत ल्याए।