जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले मतान्तर बढाउँदै लगेका छन्।
हालसम्मको गणनामा उनले ६२९१ मत ल्याएर अग्रता कायम राखेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी शिवशंकर साह 'हिरा'ले ४१२३ मत ल्याएका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार मनोज चौधरीले २६४७ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतोले २१५३ मत ल्याएर चौथो स्थानमा छन्।
सत्ता गठबन्धनबाट जनता समाजावदी पार्टी (जसपा) का लाल किशोर साहले २६४७ मत प्राप्त प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार जानकीराम साहले १०३२ मत पाएका छन् भने जनमत पार्टीकी अनिता देवीले ६७१ र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) की बिभा ठाकुरले ६६१ मत ल्याएकी छन्।
उपमेयरमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरी साहले ६९६६ मत ल्याएर अग्र स्थानमा छन्।
एमालेकी रूणा झाले ६९६६ मत प्राप्त गरेकी छन् भने लोसपाकी रिताकुमारी मिश्रले २७०८ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले १ हजार ७९३ मत ल्याएका छन्।