धनुषाको नगराइन नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ।
नेकपा एमालेका उम्मेदवारलाई ४२ मतले पराजित गर्दै कांग्रेसका उम्मेदवार विनय कुमार यादव विजयी भएका हुन्।
उनले ५ हजार ५५६ मत प्राप्त गरे।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामबाबु पजियारले ५ हजार ५१४ मत ल्याएका छन्।
उपमेयरमा भने एमालेकी राधादेवी यादव निर्वाचित भएकी छन्।
५ हजार ७३० मत ल्याएर उनले उपमेयर जितेकी हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रञ्जुकुमारी साहले ५ हजार ५२३ मत प्राप्त गरिन्। नगराइन कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको गृहनगर हो।