काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्र कार्की निर्वाचित भएका छन्। उनी ११३२२ मत ल्याएर विजयी भएका हुन्।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामशरण ढुंगानाले ८२६३ मत ल्याएका छन्।
यस्तै, एकीकृत समाजवादीका कृष्णहरी थापा ३५५६ मतसहित तेस्रो स्थानमा छन्।
उपमेयरमा भने नेकपा एमालेकी शान्ता थापा विजयी भएकी छन्। उनले ९९७५ मत पाएकी छन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका भोला चापागाईंले ५४२२ मत ल्याएका छन्।
कागेश्वरीमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल रहेको थियो।
यसअघिको निर्वाचनमा कागेश्वरीको मेयरमा एमालेका कृष्णहरी थापा निर्वाचित भएका थिए। यसपालि भने उनी एकीकृत समाजवादीबाट उठेका थिए।
उनले अहिले निर्वाचित कांग्रेसका उपेन्द्र कार्कीलाई नै पराजित गरेका थिए।