दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले अग्रता कायमै राखेका छन्।
१८१९३ मत गणना हुँदा गठबन्धन दलबाट कांगेसका गिरी १८१ मतले अगाडि छन्। उनले ७६६७ मत ल्याएका छन्।
गिरीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेयर पदका उम्मेदवार टिकाराम खड्काले ७४८६ मतका साथ पछ्याइरहेका छन्।चौधरीले ६९६१ म प्राप्त गरेकी छन्। चौधरी प्रतिस्पर्धीभन्दा १०१४ मतान्तरले अगाडि पुगेकी छन्।
उपमेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले ५९४७ मत प्राप्त गरेका छन्।
तुलसीपुर बजारको केन्द्र भाग तुलसीपुर –५ मा नेपाली कांग्रेसका वीरेन्द्रकुमार शाह वडाध्यक्षमा निर्वाचित भएका छन्। यो उनको दोस्रो कार्यकाल हो।
१९ वडाहरू रहेको तुलसीपुरमा अहिले वडा नं. ३ र ६ को मत गणना भइरहेको छ। वडा नं. १ र ४ गठबन्धनबाट माओवादी, २ मा एमालेले जितिसकेको छ।
तुलसीपुरमा ७० हजार बढी मत खसेको छ।