सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुढाथोकी निर्वाचित भएका छन्।
उनी नेकपा एमालेका गणेशप्रसाद प्रसाईँलाई १५३ मतान्तरले पछि पार्दै मेयरमा निर्वाचित भएका हुन्।
बुढाथोकीले ७००२ मत प्राप्त गर्दा प्रसाईँले ६८४९ मत ल्याए। प्रसाईँ अघिल्लो निर्वाचनमा विजयी भएका थिए।
मेयरमा एकीकृत समाजवादीका सुरेन्द्रकुमार लामाले ३८३६ मत र कांग्रेसका रामप्रसाद मैनालीले २९३६ मत ल्याए।
माओवादी केन्द्र सबै ११ वडाध्यक्षमा पराजित भए पनि मेयरमा भने जित निकाल्न सफल भयो। पालिकामा सबै पार्टी मेयरको प्रतिस्पर्धामा थिए।
उपमेयरमा एमालेकी हरीमाया घलान विजयी भएकी छिन्। उनले ६८५५ मत प्राप्त गरिन्। निकटतम प्रतिद्वन्द्वी माओवादीका पदमा मुक्तानले ५३२१ मत ल्याइन्।
*