सुनसरीको रामधुनी नगरपालिकाको मेयरमा शंकरलाल चौधरी निर्वाचित भएका छन्।
चौधरीले १३३७२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुदीप अधिकारीले ११४०५ मत प्राप्त गरे।
यसअघिको निर्वाचनमा रामधुनीको मेयर कांग्रेसले जितेको थियो। उक्त निर्वाचनमा कांग्रेसका जयप्रकाश चौधरी विजयी भएका थिए।
तर यसपटक झन्डै २ हजार बढी मतले एमालेले मेयर पद आफ्नो पोल्टामा पारेको हो।
उपाध्यक्षमा पनि एमालेकै तारा थापा विजयी भएकी छन्। उनले १२२२० मत प्राप्त गरेकी छन्।
उनका प्रतिद्वन्द्वी कांग्रेसकी आशाकुमारी चौधरीले १०४९३ मत पाएकी छन्।
अघिल्लो निर्वाचनमा पनि उममेयरमा भने एमालेकै सविताकुमारी चौधरी निर्वाचित भएकी थिइन्।
उनले कांग्रेसकी विजया कटुवाललाई हराएकी थिइन्।