सुनसरीको इनरुवा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
मेयरमा केदार भण्डारी र उपमेयरमा विनिताकुमारी मेहता निर्वाचित भएका हुन्।
भण्डारीले ११८२४ मत पाएका छन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका सरोजकुमार पोखरेलले ९०५३ मत प्राप्त गरेका छन्।
यस्तै उपमेयर मेहताले ११४८० मत पाएकी छन्। उनका प्रतिस्पर्धी एमालेकी सहजादी आलमले ९५३७ मत ल्याएकी छन्।
यसअघिको निर्वाचनमा पनि इनरुवाको मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी भएको थियो।
मेयरमा राजन मेहता र उपमेयरमा जमुनादेवी गौतम पोखरेल विजयी भएका थिए।