नेपाली कांग्रेसले गठबन्धन गर्न अस्वीकार गरेको मोरङको उर्लाबारी नगरपालिकामा अन्ततः कांग्रेसलाई हराउँदै एमालेले मेयर उपमेयर नै जितेको छ।
निवर्तमान मेयर खड्ग फागोलाई पराजित गर्दै एमालेका गंगाप्रसाद खरेल उर्लाबारीको मेयरमा निर्वाचित भएका हुन्।
१२ हजार १५६ मत ल्याएर एमालेका खरेल विजयी बनेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्ग फागोले १० हजार २९० मत ल्याएका छन्।
उपमेयरमा एमालेकै मिनाकुमारी खतिवडा विजयी भएकी छन्। उनले १० हजार ७०२ मत ल्याएर विजयी भएकी हुन्। कांग्रेसकी सीता कार्कीले १० हजार ६ सय ४० मत प्राप्त गरेकी थिइन्।
उर्लाबारीमा गएको चुनावमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका हुन्।
यसपटकको चुनावमा भने मेयर/उपमेयरमै एमालेले बाजी मारेको छ। ९ वटा वडा रहेको उर्लाबारी बहुमत वडा अध्यक्षसमेत एमालेले जितेको छ।
१,३,५,७,८ नम्बर वडा एमालेका उम्मेदवारले जित्दा २,४,६, र ९ नम्बर वडाका अध्यक्ष कांग्रेसले जितेको छ।