कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अजय थापा निर्वाचित भएका छन्।
थापा ७६०२ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका महादेव पोखरेलले ७१२८ मत पाएका छन्।
यस्तै नेपाली कांग्रेसका हुमकान्त खनाल ५४७७ मतसहित तेस्रो स्थानमा छन्।
यसअघिको निर्वाचनमा एमालेका नेत्रराज अधिकारी विजयी भएका थिए। उनले कांग्रेसका प्रेमबहादुर सिंह रायमाझीलाई पराजित गरेका थिए। अधिकारीले ६१५५ मत ल्याउँदा रायमाझीले जम्मा २२७९ मत ल्याएका थिए।
यसपालि शिवराजको उपमेयरमा भने एमालेकै शिवकुमारी चौधरी विजयी भएकी छन्। उनी यसअघि पनि यहाँकी उपमेयर थिइन्।
उनकी प्रतिस्पर्धी कांग्रेसकी शारदा कार्कीले ६१८५ मत ल्याएकी छन्।
राप्रपाकी विपाशा चौधरी भने ५१५९ मतसहित तेस्रो स्थानमा छिन्।