महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा र उपमेयरमा कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका विजयी भएका छन्।
बर्दिबासमा मेयरमा स्वतन्त्र उम्मेदवार प्रहलादकुमार क्षेत्रीले फराकिलो मतान्तरले जितेका छन्।
क्षेत्रीले माओवादीका उम्मेदवार राजु खड्कालाई ५ हजार ८ सय ८७ मतान्तरले हराएका हुन्।
क्षेत्रीले १४२१० मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका मेयरका उम्मेदवार खड्काले ८३२३ मत ल्याए।
अन्तिम समयमा कांग्रेसले क्षेत्रीको टिकट खोसेपछी उनले प्यानलसहित उम्मेदवारी दिएका थिए।
कांग्रेस प्रदेश कमिटीले क्षेत्रीलाई नै मेयरको टिकट दिएका थियो। तर केन्द्रले हस्तक्षेप गरेर चिरंजीवी हमाललाई आधिकारीक उम्मेदवार बनायो।
तर कांग्रेस उम्मेदवार हमालको भने जमानत समेत जफत भएको छ। खसेकोमध्ये कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले जनाएको छ। उनले १२६३ मत मात्र ल्याए।
नेकपा एमालेका टेक बहादुर बलमपाकीले ३५२६ मत ल्याएर तेस्रो भएका छन्।
उपमेयरमा पनि कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएकी तारादेवी महतोले ९७३६ प्राप्त गरेकी विजयी भएकी छन्।
उनका निकटतम प्रतिद्वन्दी माओवादीकी कृष्णमाया गौतमले ८१८५ मत प्राप्त गरेकी छन्।
कांग्रेसकै उपमेयरकी उम्मेदवार अमिनाकुमारी महतोको समेत जमानत जफत भएको छ। उनले १७८५ मत मात्र ल्याएकी छन्।