यसपालिको स्थानीय तह निर्वाचनको अहिलेसम्म ६ सयभन्दा बढी पालिकाहरूको नतिजा आइसकेको छ। यसमध्ये नेपाली कांग्रेसले २६६, एमालेले १६८, माओवादीले १०९, जनता समाजवादी पार्टी (जसपा) ले १८ र एकीकृत समाजवादीले १३ पालिकामा प्रमुख पद जितेका छन्।
त्यस्तै राप्रपा, नेमकिपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, स्वतन्त्र उम्मेदवार र अन्यले गरी ४० पालिका प्रमुख आफ्नो पोल्टामा पारेका छन्।
देशभरका ७५३ पालिकामध्ये अब केहीको मात्र नतिजा आउन बाँकी छ।
तर यीमध्ये एकदमै थोरै पालिकामा मात्र महिलाले प्रमुख पद जितेका छन्। सबै पार्टीका गरी अहिलेसम्म नतिजा आएका पालिकाको ३ प्रतिशतभन्दा कम मात्र महिलाले प्रमुख पद जितेका छन्।
अहिलेसम्म कांग्रेस, एमाले र माओवादीका तर्फबाट १९ महिला गाउँ र नगरपालिका प्रमुख भएका छन्।
पछिल्लो नतिजाअनुसार कांग्रेसबाट तीन नगरपालिकासहित सात पालिकामा महिला प्रमुख चुनिएका छन्।
त्यस्तै एमालेबाट चार नगरपालिकासहित आठ पालिकामा महिला प्रमुख चुनिएका छन्।
अनि माओवादीबाट तीन जना गाउँपालिका अध्यक्ष चुनिएका छन्। त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट एक जना नगरपालिका प्रमुख भएकी छन्।
हेर्नुहोस् कुन पालिकामा महिला उम्मेदवार बने प्रमुखः
कांग्रेसः
१. दैलेख, भैरवी गाउँपालिका, रिताकुमारी शाही (४७ वर्ष)
२. नवलपरासी सुस्ता बर्दघाट पूर्व, हुप्सेकोट गाउँपालिका, लक्ष्मीदेवी पाण्डे (५२ वर्ष)
३. सोलुखुम्बु, लिखुपिके गाउँपालिका, मिनादेवी कार्की (५४ वर्ष)
४. सप्तरी, सुरूंगा नगरपालिका, गीता चौधरी (४३ वर्ष)
५. बागलुङ, बडिगाड गाउँपालिका, गण्डकी थापा अधिकारी (४२ वर्ष)
६. अछाम, पञ्चदेवल विनायक नगरपालिका, अम्बिका कुमारी चलाउने (३१ वर्ष)
७. खोटाङ, हलेसी तुवाचुङ नगरपालिका, विमला राई (४० वर्ष)
एमाले
१. पर्वत, मोदी गाउँपालिका, हिरादेवी शर्मा (५१ वर्ष)
२. सिन्धुली, फिक्कल गाउँपालिका, पार्वती सुनुवार (३७ वर्ष)
३. मोरङ, कानेपोखरी गाउँपालिका, राजमति इंग्नाम (५२ वर्ष)
४. पाल्पा, बगनासकाली गाउँपालिका, सरस्वती दर्लामी (४० वर्ष)
५. नवलपरासी बर्दघाट सुस्ता पश्चिम, सुनवल नगरपालिका, विमला अर्याल (५२ वर्ष)
६. रौतहट, मौलापुर नगरपालिका, रिनाकुमारी साह (३७ वर्ष)
७. सुर्खेत, वीरेन्द्रनगर नगरपालिका, मोहनमाया भण्डारी (४२ वर्ष)
८. चितवन, माडी नगरपालिका, ताराकुमारी काजी महतो (४६ वर्ष)
माओवादी
१. काभ्रेपलाञ्चोक, चौंरीदेउराली गाउँपालिका, रेनुका चौलागाईं (४३ वर्ष)
२. सिन्धुली, सुनकोशी गाउँपालिका, दिपा बोहोरा (४१ वर्ष)
३. खोटाङ, जन्तेढुंगा गाउँपालिका, अरूणादेवी राई (५० वर्ष)
लोकतान्त्रिक समाजवादी पार्टी
१. रौतहट, इशनाथ नगरपालिका, कौशल्या देवी (६६ वर्ष)