नेकपा एकीकृत समाजवादीले झापाका १५ वटै स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।
झापाका १५ वटै पालिकामा नेकपा एकीकृत समाजवादीले प्रमुख पदका लागि उम्मेदवारको नाम सिफारिस गरेको पार्टीका झापा प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले बताए।
उनका अनुसार पालिकाबाट आएको नाम जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमा सिफारिस हुनेछ।
गठबन्धन दलहरूबीच तालमेल हुनसक्ने ठाउँमा त्यसअनुसार नै गर्ने र तालमेल हुन नसक्ने ठाउँमा आफ्नो उम्मेदवार उठाउन सिफारिस भएको सिग्देल बताए।
एकीकृत समाजवादीले उम्मेदवार सिफारिस गरे पनि गठबन्धन दलहरूबीच भने छलफल जारी छ। गठबन्धनको कार्यदललाई भने त्यसबारे थाहा नभएको कार्यदलका प्रमुख कृष्ण हुँमागाईंले बताएका छन्।
‘उहाँहरूले कसरी सिफारिस गर्नुभयो कार्यदललाई थाहा छैन,’ उनले भने।
गठबन्धन गर्ने दलहरूसँग निरन्तर वार्ता भइरहेको हुँमागाईले बताए।
गठबन्धनका दलहरूले बिहीबारसम्ममा उम्मेदवारको नाम सिफारिस गर्ने गरी बुधबार बसेको वार्ता टुंगिएको थियो। तर आज पनि दलहरूबीच सहमति हुन नसकेको एक नेताले बताए।
झापामा गठबन्धनभित्र नेपाली कांग्रेसले १४ वटा पालिकामा प्रमुख, १२ वटामा उपप्रमुख र जिल्लाका १३७ वडा मध्ये ११५ वटा वडामा अध्यक्ष पदमा दाबी गरेको छ।
स्रोतका अनुसार अन्य पालिका र वडामा नेपाली कांग्रेसबाहेकका दललाई भागमा परेको छ। तर नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले कांग्रेसले भने जस्तो बटमलाइनमा सहमति हुन नसक्ने बताउँदै आएको छ।
नेपाली कांग्रेसले उसकै सर्त मान्न बाध्य पार्यो भने गठबन्धन हुन सक्ने आधार कमजोर हुने पनि नेकपा माओवादीका एक नेताले बताए।
उनले भने, ‘बरू एक/एक भिड्ने हो तालमेल हुन सक्दैन।’
एकीकृत समाजवादीले शिवसताक्षीमा नगर प्रमुखको दाबी गरेको छ। यसअघिको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस ‘फष्ट रनरअप’ भएको थियो। गठबन्धनभित्र छलफल सुरू हुँदा गएको स्थानीय तहको निर्वाचनमा स्थानीय दलले प्राप्त गरेको मतभारका आधारमा पालिका बाँडफाँट हुने लिखित सम्झौता भएको नेपाली कांग्रेसका झापा सभापति देउमान थेवेले बताए।
नेकपा एकीकृत समाजवादीबाट झापाका पालिकामा सिफारिसमा को-को परे ?
१) मेचीनगर नगरपालिका
प्रमुख: शारदा शर्मा, अर्जुन पौडेल र लक्ष्मी थिङ
उपप्रमुख: बिपी भट्टराई, शंकर थापा र विमला देवकोटा
२) गौरादह नगरपालिका
प्रमुख: खगेन्द्र दाहाल र नारायण राजबन्सी
उपप्रमुख: लक्ष्मीदेबी चौधरी
३) अर्जुनधारा नगरपालिका
प्रमुख: भास्कर काफ्ले र प्रत्युस राना
उपप्रमुख: रमा खवास, प्रेमसागर सापकोटा र अम्बिका खतिवडा
४) बिर्तामोड नगरपालिका
प्रमुख: चन्द्रकला घिमिरे र चेतानन्द निरौला
उपप्रमुख: तीर्थ सिग्देल र श्रीप्रसाद सिटौला
५) कनकाई नगरपालिका
प्रमुख: नारायण सिंह राजबन्सी
उपप्रमुख: अम्बिका उप्रेती
६) भद्रपुर नगरपालिका
प्रमुख: पुस्प पोखरेल र दुर्गा भट्टराई
उपप्रमुख: पदम लिम्बू, टीका रेग्मी र कुज्जा रुचाल
७) शिवसतासी नगरपालिका
प्रमुख: नवीन इजम
उपप्रमुख: यसोधा भट्टराई
८) दमक नगरपालिका
प्रमुख: इन्द्र बुडाथोकी र भरतबाबू कार्की
उपप्रमुख: रामकुमारी तामाङ, हमला प्रसाईं र लक्ष्मी चौधरी
९) बुद्धशान्ति गाउँपालिका
अध्यक्ष: दुर्गा आचार्य र पुस्प खतिवडा
उपाध्यक्ष: प्रदीप धिमाल
१०) कमल गाउँपालिका
अध्यक्ष: हरिमाया मैनाली र खगेन्द्र बाराकोटी
उपाध्यक्ष: होमबहादुर बराल, चन्द्रकला भण्डारी र राम भण्डारी
११) कचनकवल गाउँपालिका
अध्यक्ष: खेपचरण यादब
उपाध्यक्ष: मेहरमान राजबन्सी
१२) बाह्रदशी गाउँपालिका
अध्यक्ष: लक्ष्मी पकुवाल र सीताराम बस्नेत
उपाध्यक्ष: सुस्मा मुर्मु
१३) गौरीगन्ज गाउँपालिका
अध्यक्ष: हिराकाजी गिरी
१४) झापा गाउँपालिका
अध्यक्ष: रामबहादुर खड्का
उपाध्यक्ष: इस्वरी दाहाल
१५) हल्दिबारी गाउँपालिका
अध्यक्ष: टीका पौडेल