अर्घाखाँचीको प्रदेश सभा ‘क’ मा नेकपा एमालेका चेतनारायण आचार्य विजयी भएका छन्।
आचार्यले २० हजार ५४८ मतका साथ विजयी हुँदा राष्ट्रिय जनमोर्चाका सागर केसीले १९ हजार ७७८ मत प्राप्त गरेका छन्।
आचार्य २०७४ सालमा पनि सोहि निर्वाचन क्षेत्रबाट प्रदेश सभामा विजयी भएका थिए।
लुम्बिनी प्रदेशको कानुन मन्त्री समेत बनेका आचार्य एमालेको केन्द्रीय सदस्य तथा जिल्ला सह ईन्चार्ज हुन्।