Setopati ब्लग
Subscribe Setopati
शुक्रबार, जेठ ३०, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

बहकिएको बहस

इन्द्रध्वज क्षेत्री

कुरो सामाजिक सञ्जालकै हो। गत साता एउटा कुरामा सामाजिक सञ्जाल अझ भनौं ट्विटरमा अप्रिय बहस, अनावश्यक ध्रुवीकरण र कित्ताकाट भयो। विवाद २ जनाबाट शुरू भयो।

विनु सुवेदीले काठमाडौंको कुनै स्कुलले छोरीको भर्ना फारममा बाबुको फोटो टाँस्नै पर्ने र बाबुकै आम्दानीको स्रोत खुलेको कागज हुनुपर्ने बाध्यात्मक व्यवस्थाको विरोध गर्नुभएको थियो।

त्यसलाई डाक्टर र लेखक रामेश कोइरालाले बकम्फुसे कुरा भनिदिनुभयो र रंग हेरेर नुहाउन दिएनन् वा वर्ण हेरेर चिया ख्वाएनन् भने झैं सार्वजनिक खपतको लागि मात्र भनिएको झैँ अर्थ लाग्ने गरी ट्विट गर्नुभयो।

त्यसपछि पक्ष र विपक्षमा बहसले तीव्र रफ्तार समात्यो। शायद ट्विटरमा भिडेरमात्र पार नलाग्ने ठानेर होला, रामेशले एउटा ब्लग  नै लेख्नुभयो।

त्यसको प्रतिउत्तरमा फेरि विनु सुवेदीको लेख बाह्रखरीमा छापियो।

यो बहसमा मलाई उदेक लागेको कुरा के हो भने तथ्यमा धेरैजना गएकै थिएनन्। विनुको पक्षमा बोल्नेहरूले रामेशलाई पितृसत्तावादी, महिलाबिरोधी, महिला अधिकार विरोधी आदि भनिरहे भने विनुलाई त डलरवादी, अधिकारवादी, ह्यानत्यान, अपाच्य गाली नै पनि ‌ओकल्न भ्याए।

तर प्रश्नको चुरो कुरो के थियो भने १ कक्षामा भर्ना गर्दा नै बाबुको फोटो टाँस्नुपर्ने बाध्यता गराउने विद्यालय कुन हो? त्यत्तिकैमा डिएभी स्कुलको फारम आयो जहाँ आमाबाबु दुवैको फोटो टाँस्नुपर्ने बाध्यात्मक छ। तर यसलाई डाक्टर रामेशले पनि एउटा भारतीय विद्यालय भनेर नजरअन्दाज गरिदिनुभयो। तर त्यो भारतीय विद्यालय त यहीँ जावलाखेलमा रहेको, नेपाली विद्यार्थीलाई नेपाली पाठ्यक्रम नै पढाउने विद्यालय पो हो त।

म सधैँ भन्ने गर्छु व्यक्तिको लागि लोकतन्त्र वा प्रजातन्त्र भनेको समान छनोटको अवसर पनि हो। यस्तोमा त्यो विद्यालयमा यस्तो व्यवस्था छ भने ‘अर्कोमा पढाउ न त, किन निहुँ खोज्नु’ भन्न मिल्दैन। त्यसैले समस्या एउटा मात्रै विद्यालयमा छ भने पनि त्यसलाई सुधार्न लाग्नुपर्छ जुन दिशातर्फ यो बहस जान सकेन।

यो किन भयो? यसका लागि सामाजिक मिडियाको विशेषतामा जानुपर्छ। यसका धेरै फाइदा छँदाछँदै नकारात्मक पक्ष के देखिएको छ भने जब मानिस सामाजिक सञ्जालको बहसमा उत्रिन्छ उसले आफ्नो अडान छोड्दैन। आफ्नो अडान उपयुक्त छैन भन्ने लाग्यो भने पनि उसले सच्याउँदैन, बरू प्रतिरक्षाको लागि अडान झन्झन् कसिलो बनाउँदै जान्छ। यसले गर्दा बहस झन् ध्रुविकृत हुन्छ र व्यक्तिगत अहम् (इगो) को लडाइँको तहमा पुग्छ। ‍

यस्तोमा सत्यतथ्य पत्ता लगाउने सहज बाटो पनि बिर्सिइन्छ। जस्तै माथिकै उदाहरणमा बिनुले पनि विद्यालयहरुको नाम भनेर वहसलाई सही गति दिनसक्थिन्। त्यसो भएको भए यो अनावश्यक र अनुचित प्रावधान सच्याउन विद्यालयहरुलाई बाध्य पार्न सकिन्थ्यो।

अथवा रामेशले पनि सिधै मेन्शन गरेर सोधेर सत्यतथ्य पत्ता लगाउन सक्नुहुन्थ्यो। यसरी एउटा महत्वपूर्ण बहस व्यक्तिगत आरोपप्रत्यारोपमा गएर टुङ्गियो, र एउटा महत्वपूर्ण विषय ओझेल पर्‍यो।

यसका लागि कम्तीमा हामी सबैले सत्यतथ्य पत्ता लगाउने बाटो छँदाछँदै आफ्नो तर्क राखिहाल्ने हतार नगर्दा राम्रो हुन्छ। मैले पढाउँदा वा पत्रकारिताका तालिमहरूमा बर्ट्रान्ड रसेलको एउटा भनाइको सधैँ प्रयोग गर्छु जुन यहाँ पनि सान्दर्भिक देख्छु। उनले भनेका छन् ‘एरिस्टोटलले भने कि पुरुषको भन्दा महिलाका दाँत कम हुन्छन् जबकि उनी २ पटक विवाहित हुन् र आफ्नै श्रीमतीको मुख खोलेर हेरेर यो भनाइलाई पुष्टि गर्ने लेठो गरेनन्।’

तसर्थ सम्भव भएसम्म तथ्यमा प्रवेश गरेर बहस गर्दा सबैलाई राम्रो र बहस पनि उपयोगी हुनसक्छ। अझ पत्रकार वा विचार निर्माताहरुले त यो तर्फ झन् ध्यान दिनुपर्छ।
प्रकाशित मिति: मंगलबार, चैत १३, २०७४  १०:२३
सिफारिस
एमालेमा किन सुरू भयो ७० वर्षे उमेरहद र नेतृत्वमा दुई कार्यकालको बहस?
एमालेमा किन सुरू भयो ७० वर्षे उमेरहद र नेतृत्वमा दुई कार्यकालको बहस?
यी हुन् अनेरास्ववियुका निर्वाचित पदाधिकारी र सदस्यहरू (सूची)
यी हुन् अनेरास्ववियुका निर्वाचित पदाधिकारी र सदस्यहरू (सूची)
बढ्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको विनिमयदर कति छ?
बढ्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको विनिमयदर कति छ?
यी स्थानमा आज भारी वर्षा हुने
यी स्थानमा आज भारी वर्षा हुने
प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् कार्यसूची
अनेरास्ववियुको पदाधिकारीमा कोको भए निर्वाचित?
अनेरास्ववियुको पदाधिकारीमा कोको भए निर्वाचित?
अखिल अध्यक्षमा ७ मतको अन्तरले कडरिया विजयी
अखिल अध्यक्षमा ७ मतको अन्तरले कडरिया विजयी
दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन आदेश, अरूसँग मागियो धरौटी (कसलाई कति?)
दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन आदेश, अरूसँग मागियो धरौटी (कसलाई कति?)
भिजिट भिसा प्रकरणमा छानबिन गर्न सत्तापक्ष तयार, छानबिन समिति भने नबनाउने
भिजिट भिसा प्रकरणमा छानबिन गर्न सत्तापक्ष तयार, छानबिन समिति भने नबनाउने
प्रतिक्रिया दिनुहोस्
थप

ब्लग

स्वेच्छाले देश फर्कने दिन कहिले आउने हो कहिले!
हजुरबुवाको खाली कुर्सी र मेरो भरिएको मन!
प्रधानमन्त्रीलाई क्यान्सर बिरामीको खुला पत्र!
पैसा सापटी मागेर फिर्ता गर्न नजान्नेहरू!
छातासँगको नाता!
'बिग डे' मा बिहान २ बजे नै उठेर हिँड्दा जे देखियो

विचार

सम्पादकीय
दिलभूषणलाई साइबर ब्युरो होइन, अदालतमा उभ्याऊ! सम्पादकीय
यादव भट्टराई
के घरजग्गा व्यवसायीलाई करको दायरामा ल्याउन सकिँदैन? यादव भट्टराई
चेतनाथ आचार्य
साइकलै साइकलको सहर चेतनाथ आचार्य
अनिल पोखरेल
मनसुन आउँदैछ, यी ५ सुधार गरे जोगाउन सकिन्छ जनधन अनिल पोखरेल

ब्लग

सुरेश भट्ट
स्वेच्छाले देश फर्कने दिन कहिले आउने हो कहिले! सुरेश भट्ट
निकेश शर्मा
हजुरबुवाको खाली कुर्सी र मेरो भरिएको मन! निकेश शर्मा
विष्णुप्रसाद सापकोटा
प्रधानमन्त्रीलाई क्यान्सर बिरामीको खुला पत्र! विष्णुप्रसाद सापकोटा
अच्युत शाली घिमिरे
पैसा सापटी मागेर फिर्ता गर्न नजान्नेहरू! अच्युत शाली घिमिरे

साहित्यपाटी

मणिराम भट्टराई
घर छोड! मणिराम भट्टराई
प्रेम शर्मा
बाँच्ने एउटा जिन्दगी! प्रेम शर्मा
प्रकाश शर्मा
डाइनिङ टेबलको कथा! प्रकाश शर्मा
निरज घिमिरे
पुरुषको पीडा! निरज घिमिरे

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली
विदुर दाहाल
आगामी बजेटमा स्वास्थ्य बिमाको दायरा बढाई बिमा कार्यक्रम प्रभावकारी बनाऊ सरकार! विदुर दाहाल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP