क्यान्सर पीडित गीतकार टीका चाम्लिङ राईको उपचारमा आर्थिक सहयोग गर्न गीतकार संघ नेपालले अपिल गरेको छ।
पछिल्लो एक महिनादेखि क्यान्सर रोगसँग लडिरहेका गीतकार प्राज्ञ चाम्लिङको अहिले नेपाल क्यान्सर अस्पताल ललितपुरमा उपचार भइरहेको छ।
उनको आर्थिक स्थिति कमजोर भएकाले सहयोगको अपिल गरिएको गीतकार संघद्वारा जारी अपिल पत्रमा उल्लेख छ।
उपचारमा ठूलो धनराशी खर्च भइसकेको र खर्चको अभाव हुँदै गएको पाइएकाले सहयोगको अपिल गरिएको गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापाले बताए।
गीतकार संघले पनि २५ हजार रूपैयाँ सहयोग गरेको छ।
तीन दशकदेखि गीत लेखनमा सक्रिय चाम्लिङले दर्जनौं गीत लेखेका छन्।