नेपाली रक ब्याण्ड १९७४ एडी स्थापनाको ३० वर्ष पुगेको छ।
सन् १९९४ मा स्कुल पढाइरहेका शिक्षकहरू मिलेर स्थापना भएको यस ब्याण्डले सन् २०२४ लाई विशेष वर्षको रूपमा मनाउँदै धेरैभन्दा धेरै फ्यानहरूसम्म पुग्ने अभियानस्वरूप देश तथा विदेशमा विशेष कार्यक्रमहरू गरिरहेको छ।
यसै क्रममा वर्षको पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम स्वरूप ६ वटा सहरमा कन्सर्ट गर्ने गरी ब्यान्डका सदस्य निराकार याकथुङ्बा, मनोज कुमार केसी र संजय श्रेष्ठ अमेरिका पुगिसकेका छन्। बाँकी तीन सदस्य फिरोज स्याङ्देन, एड्रियन प्रधान र मनोज सिंह उतै बसोबास गरिरहेका छन्।
सन् २००२ मा पुरानो ओरिजिनल लाइनअपले नै अमेरिका टुर थालेको सन् २००३ पछि पहिलोपल्ट हो। मे ११ मा अमेरिकाको मिनिसोटाबाट सुरू हुने कन्सर्ट जुन ८ मा सियाटलको कन्सर्टपछि समापन हुने ब्यान्डका व्यवस्थापक तथा पर्कसनिस्ट सञ्जय श्रेष्ठले जानकारी दिए।
अमेरिकापछि जापान, अस्ट्रेलियालगायत देशहरूमा पनि ३० वर्षगाँठको उपलक्ष्यमा कन्सर्ट गर्ने तयारी भइरहेको संजयले बताए।