लेखनलाई ‘फुलटाइम प्रोफेसन’ बनाउँछु भन्ने दिव्यवोध ‘मिस्टिका’ लेखेपछि भएको हो, दुई वर्षअगाडि। त्यो लेख्ने क्रममा मेरा साह्रा कुराहरु लेखनमै ‘डेडिकेट’ गर्नुपर्छ, यसमा ‘सिरियस्ली’ काम गर्नुपर्छ भन्ने ‘फिल’ भयो मलाई। अफिसमा काम गरेर हुँदैन भन्ने महसुस भैसकेपछि भविष्य के होला, लेखनले धान्ला, नधान्ला ‘हु केयर्स’ भनेर स्कुलमा पढाउन छाडिदिएँ। पछि त्यसैमा रमाएँ। मिस्टिकाको राम्रो ‘रेस्पोन्स’ आएपछि त्यतातिरै लागियो।
मलाई अलि फरक ‘एक्सपेरिमेन्ट’ गर्न मन लाग्ने। ‘थट्स’ अनि केही चिज अलि फरक होस् भन्ने र फरक किसिमले लेख्न एकदमै रुचाउने मान्छे म। खासमा साधारण चिजहरुले मलाई त्यति ‘अपिल’ गर्दैन, ‘समथिङ एक्स्ट्रा’ होस् भन्ने लाग्छ।
म पछि–पछि अलुफ–अलुफ हुँदै गएको हो। जोगीहरुसँग संगत गर्न थालेँ । जीवन–जगतसँग मेरो ‘इन्युमेरेबल क्वेस्चन्स’ थिए। जोगीहरुसँग घाटमा बस्थेँ। त्यसरी ‘आइ युज्ड टु फाइन्ड माइ वन एन्सर्स टु दिस् वल्र्ड।’ मेरो आफ्नै जीवनशैलीमा पनि त्यस्तो वान वे, वान ट्र्याक छैन। यस्तो गर्छु भन्ने ट्र्याक कहिले पनि भएन। लेखनमा पनि म त्यस्तै गर्छु भन्ने केही थिएन। यो जिन्दगीमा यस्तो गर्छु, यही गर्छु भन्ने त्यस्तो केही पनि छैन। यही अहिलेको सरलतादेखि एकदमै डामाडोल के–के छ, छ। जहाँ जान्छु, साधुहरुसँग संगत गर्नेदेखि लिएर ‘¥यान्डम’ जिन्दगी बाँच्छु। जे आउँछ, म त्यसैलाई स्वीकार्छु।
मेरो बाल्यकाल फरक–फरक ठाउँमा बित्यो। म एउटै ठाउँमा बसिनँ। बुबा पुलिस अफिसर भएकाले उहाँको सरुवा जहाँ हुन्थ्यो, म त्यहीँ गएँ। मेरो बाल्यकाल तराईदेखि हिमाल र पहाडका विभिन्न ‘पकेट्स’मा बित्यो।
परिवारको जुन ‘अट्याच्मेन्ट’ हुन्छ, मैले कहिले पनि आफ्नै बुबाआमाहरुसँग त्यति बिताएको होइन। बुबाको सरुवा जहाँजहाँ हुन्थ्यो, त्यहीँ बिताएँ। सधैँ होस्टेलमा बसेँ। होस्टेलमा थरीथरीका साथी भए। देशभरीका साथीहरु। मलाई जात, यो, त्यो, कुरासँग कहिले पनि मतलब भएन। साथीहरुसँग त्यो ‘अमाल्गेसन’ यसरी भइदियो कि, मेरो घर यहाँ हो भन्ने फिल नै भएन मलाई। अनि पहिलोचोटी बुबाको घर जाँदा ‘ए, बुबाको घर यस्तो रैछ’ भन्ने भयो।
म कुनै चीजहरुलाई अलि ‘पर्सनल्ली’ लिन्छु। ‘पर्सनल’ भएँ भने त्यसबारे सिरियस हुन्छु। ईश्वरवल्लभ त ठूला कवि हुन्। नेपाली साहित्यको कवितामा उहाँको योगदान एकदमै ठूलो छ। तर मलाई कहिल्यै पनि ईश्वरवल्लभ कविजस्तो लाग्दैन। मैले पहिलोपटक उहाँको कथा पढेको हुँ, नीलो माटो शीर्षकको। त्यसैले मलाई उहाँप्रति जहिल्यै कथाकारको रुपमा प्रेम भइरह्यो। अरुको लागि कवि होला, मेरा लागि ईश्वरवल्लभ ‘स्टोरीटेलर’ हो।
‘स्पिरिच्युअल्ली’, अहिले पनि सोध्दाखेरी भन्छु, म चराजस्तो मान्छे हुँ। मेरो कुनै जात छैन। मेरो घरमा पनि म मात्र हो नगरकोटी, सबैले श्रेष्ठ लेख्छन्। घरपरिवारमै म ‘आउटसाइडर’ छु। जुन साहित्य गरिरहेको छु, त्यहाँ त ‘आउटसाइडर’ अवश्य छु म।
म कक्षा आठसम्म राम्रो ‘स्पोट्र्सम्यान’ थिएँ, स्कुल क्याप्टेन पनि भएँ। स्पोट्र्समा सबै मेडल जित्थेँ। सबै स्पोट्र्समा म औसतमात्र होइन, त्योभन्दा माथि नै हुन्थेँ। फुटबल, बास्केटबल, क्रिकेट, भलिबल, हाम्रो स्कुलमा त बेसबल पनि थियो, जेजे मैले खेलेँ, सबैमा क्याप्टेन नै भएँ। तर कक्षा आठ–नौमा पुग्दा, म पूरै परिवर्तन भएँ। सबै स्पोर्ट्स् छोडेँ र लाइबे्ररीमा छिरेँ। जब म त्यहाँ छिरेँ, मेरो जिन्दगी र मेरो संसार लाइब्रेरीमा थियो।
म बाल्यकालदेखि नै अलिकति अलुफ, एक्लै–एक्लै बस्ने मान्छे। मेरा ‘इन्ट्रेस्ट’ पनि कसैसँग मिल्दैनथ्यो। म किन यस्तो छु, भन्ने प्रश्न भइरहन्थ्यो। स्पोर्टस् खेल्दा, मेरा गुरूहरु सबैले ‘योचाहिँ ठूलो स्पोर्टस्म्यान बन्छ। फुटबलमा यसले ठूलो नाम कमाउँछ’ भन्थे। ती सबै गुरूका इच्छाहरुलाई मैले ह्वीस्कीमा खन्याइदिएँ। भोड्कामा खन्याइदिएँ। जब म लाइब्रेरीमा छिरेँ, मैले फरक संसार देखेँ। त्यसपछि म क्रमशः ‘ट्रान्स्फम्र्ड’ भएँ। त्यसपछि मैले कोर्सका किताब त्यति पढिनँ। म औसत विद्यार्थी थिएँ।
आफ्नै इच्छाले पढेको पहिलो किताब त ठम्याउन सक्तिनँ। मैले जीवनमा पढेको पहिलो उपन्यास चाहिँ ‘ग्रेप्स अफ ¥याथ’ हो। मैले पढेको पहिलो कथासंग्रह ईश्वरवल्लभको ‘नीलो माटो।’ ईश्वरवल्लभको पहिलो कथासंग्रह पढ्दा यस्ता पनि कथा रैछन् भन्ने लाग्थ्यो।
आठ कक्षा पूरा भैसकेपछि, ‘आइ फेल इन लभ विथ अ ब्युटिफुल गर्ल।’ त्योचाहिँ नेपालगञ्जमा। त्यो प्रेम छुट्यो। अहिले आएको मेरो नयाँ संस्मरण ‘दोचा’मा मैले लेखेको छु। माधुरी दीक्षितबाट मलाई चिठ्ठी आएको थियो जसबारे ‘अक्षरगन्ज’मा ‘माधुरी दीक्षितको चिठ्ठी’ भनेर लेखिसकेको छु। बलिउडका हिरो–हिरोइनहरु मिथुन चक्रवर्ती, रेखा, श्रीदेवी, आदिलाई चिठ्ठी पठाउँथ्यौँ। उनीहरुले पनि हस्ताक्षर गरेर पठाउँथे– विथ गोल्डेन सिग्नेचर। माधुरी दीक्षितको चिठ्ठी आयो– ‘विथ लभ फ्रम माधुरी दीक्षित’ भनेर। त्यसले बबाल ग¥यो स्कुलमा। त्यसको छुट्टै कहानी छ।
मलाईचाहिँ प्रेमिकाले स्टुडियोमा खिचेको– गजबको ‘ब्ल्याक एण्ड ह्वाइट’ फोटो दिएकी थिइन्। मसँग फोटो थिएन। मैले त्यही माधुरी दीक्षितको फोटो हालेर ‘लभलेटर’ दिएँ। आठ–नौ कक्षामा हुँदाको कुरा हो यो। म होस्टेलमा हुँदा लाइब्रेरीमा छिरेपछि कविताहरु लेख्न थालेको थिएँ। पहिलो कविता ‘निर्मला’ भन्ने थियो– त्यही प्रेमिकाको लागि लेखेको। त्यसपछि कविताप्रति लगाव भयो विस्तारै–विस्तारै। तर त्यो छुट्यो।
म धेरैजसो अंग्रेजीमा पढ्थेँ। मेरो पहिलो किताब ‘ग्रेप्स अफ ¥याथ।’ मैले पहिलो चोटी कवितामा एउटा पुरस्कार पाएको छु। मेरो जिन्दगीको पहिलो पुरस्कार हो त्यो। कविता लेखेको थिएँ मैले, ‘वाचिङ द एग्जिस्टेन्स थ्रु टेलिस्कोप’। हामी कक्षा नौ–दसतिर पढ्थ्यौँ। त्यतिखेर हामी सबैको अनुभव हो, आमा, मातृभूमि, किसानी जीवन, सहरी जीवन, मेरो देश, सगरमाथा, यस्तै–यस्तै लेख्थे मेरा साथीहरु। अनि सरहरु पनि दङ्ग पर्थे। ‘ओहो, यसले के लेखेको यो, वाचिङ द एग्जिस्टेन्स थ्रु टेलिस्कोप?’ होइन, के–के लेखेछ, अंग्रेजीमा।’ अनि सरले मलाई सेकेण्ड बनाइदिए। ‘फस्र्ट’ चाहिँ मेरो साथी, विकास संग्रौला भएका थिए। राइटर हो उहाँ पनि। उहाँको भर्खरै एउटा कथासंग्रह पनि निस्केको छ।
एउटा गुरू थिए, जसले मलाई प्रेम गर्थे। नले भने, ‘तिमीले के कविता सुनाएको? कसैले बुझ्दै बुझेनन्। त्यही भएर तिमीलाई सेकेण्ड बनाइदिएँ।’ अर्को एउटा स्टोरी लेखेँ, नेपाली मेरो राम्रो थियो। सरहरुले मन पराए।
जीवनमा यस्तायस्ता शिक्षकहरु हुन्छन्, जसलाई बिर्सन सकिँदैन। हरिप्रसाद खराल सर हुनुहुन्थ्यो। उहाँलाई एकदमै सम्झन्छु। मचाहिँ होमवर्क पनि गर्दैनथेँ। एकैचोटी जाँचमा चाहिँ एकदमै राम्रो गर्थें म। सबैभन्दा बढी अंक पनि मेरै आउँथ्यो। अनि फस्र्ट ब्वाई, सेकेण्ड ब्वाईचाहिँ भन्थे, ‘नगरकोटीले होमवर्क पनि गर्दैन तर यसलाई अंकचाहिँ किन?’ सरचाहिँ सदा मेरो पक्षमा। विचरा धेरैको गाली खानुभयो। ‘त्यसको शैली राम्रो छ’ भन्नुहुन्थ्यो। पाँच वटा प्रश्न हुन्थ्यो, बीस अंकको– हरेकको चार अंकका दरले। म राम्रोचाहिँ छान्थेँ अनि त्यसको दामी उत्तर लेख्थेँ। ५ मा ४.५ आउँथ्यो। मलाई मजै लाग्थ्यो। पहिल्यैदेखि त्यस्तो स्वभाव विकास हुँदै गयो। अनि त्यही सरले मलाई भन्नुभयो, ‘कुमार एउटा कथा लेख्। एकदमै राम्रो कथा लेख् है, हाम्रो किताब छापिँदैछ।’
म अलमलमा परेँ। ‘लेख् न लेख्’ भनेर जानुभयो।
हाम्रो दीपेन्द्र प्रहरी स्कुल, साँगामा वार्षिक म्यागेजिनहरु निस्कन्थ्यो।
एउटा कथा आयो दिमागमा, ‘विन्दु, डट्, एग्जिस्टेन्स, डेथ।’ त्यही बेला यी सबै ‘फिलिङ्स्’ आए। कथा लेखेँ, सन्ध्याकालीन कक्षामा बसेर। त्यो कथा लेखेको दुई–तीन दिनपछि, सर जो सम्पादक हुनुहुन्थ्यो, त्यो पल्लापट्टि डाँडामा इभिनिङ क्लासमा गएर गफ ठोक्नुभएछ, ‘कुमार नगरकोटीले यस्तो कथा लेखेको छ, त्यो बीए, एमए पढ्ने मान्छेले पनि लेख्न सक्दैन।’
साथीहरुले मलाई सुनाए, ‘यस्तो खत्रा कथा लेखेका छौ रे तिमीले सरले भन्नुभएको।’ सब साथीहरु उत्सुक थिए, के लेखेछ यसले भनेर। त्यो कथा छापियो, विन्दु शीर्षकमा। साथीहरु कसैले पनि बुझेनन्। भने, ‘यो तिमीले के जोक लेखेको? निबन्ध लेखेको? के लेखेको यस्तो?’
स्कुलका दुई छुट्टै डाँडामा दुईवटा ब्लक थिए– सिनियर र जुनियर। एक दिन शनिबार, हाम्रो सिनियर ब्लकमा एकजना मिस आउनुभयो किताब च्यापेर। राम्रो ‘प्वाइन्ट’चाहिँ मिसले त्यो कथा पढ्नुभएछ। यो कुरा म पहिलो चोटि भन्दैछु। अहिलेसम्म जोगाइराखेको थिएँ ‘दोचा’मा छ यसबारे। उहाँले किताब खोल्नुभयो। ‘के यो तिमीले मेरो नामबाट लेखेको हो?’ मिसले सोध्नुभयो।
‘हो मिस,’ भनेँ।
किताब अघि सार्दै भन्नुभयो, ‘यो साइन गर्दे।’
त्यही कथामा लेखेँ, ‘टु मिस, विथ लभ! कुमार नगरकोटी!’ मेरो फस्र्ट अटोग्राफ थियो त्यो। संयोग, त्यही समयमा ‘टु सर विथ लभ ’ भन्ने फिल्म पनि चलिराखेको थियो।
मैले लगाउने कपडाहरुको कुरा गर्दा मलाई एकदमै खुल्ला लगाउन मन लाग्छ। कसिलो कपडाले मलाई दबाउँछ। क¥याक्क पारेर राख्या जस्तो लाग्छ। यो त खुल्ला हुनुपर्छ। त्यसैले म बेडमा झुल कहिल्यै लगाउँदिन। त्यो हटाइदिन्छु। झुलमा बस्यो भने त मलाई जेलघरमा बसेको जस्तो लाग्छ। मलाई त पूरा डर लाग्छ त्यस्ता चिजहरु। म कहिलेकाहिँ ‘अन्डरवेयर’ पनि लगाउँदिन। त्यसैले आफैंलाई ‘फ्री’ गर्नका लागि त्यसो गर्छु। जुन सोच छ, जे गरिराखेको छु, त्यसलाई पुरै थिचेर राख्न मन लाग्दैन। जस्तो कि, म लेख्ने बेलामा धुवाँ उडिरहेको हुन्छ। त्यसबेला म मेरा ‘फिलिङ्स’लाई पनि धुवाँ जस्तै छोड्छु। यो माला, एन्टिक चिजहरुचाहिँ जहाँ गएपनि मलाई खोज्न मन लाग्छ।
सदा, अझ म मरुन्जेल पनि केहीले भनिरहन्छन् होला, नगरकोटीको आर्टिकल, कथा कहिल्यै बुझिँदैन। के छ, के छ? यो कथा कहिले कहाँको कुरा गर्छ कहिले कताको। त्यस्तो एब्स्ट्र्याक्ट, जटिल छ, बुझिँदैन।
मेरो फस्र्ट स्टोरी पनि त्यसरी नै आएको थियो। ‘निकास’ लेखेँ मैले। त्यसमा मलाई लाग्छ, हामी कतिपय पाठक हुन्छौँ र कति पारखीहरु। पाठकहरुले त्यस्तो भन्छन्, र पारखीहरुले ‘असेप्ट’ गर्छन् र मलाई लाग्छ, हरेक पाठक समयमा पारखी बन्छ। त्यो पारखी जसले साहित्य, वल्र्ड लिटरेचर, स्पीरिच्युआलिटी, आर्ट, म्युजिक, सबै चिजहरुलाई परख गरेको छ, उसले बुझेको छ र त्यहाँ आएपछि समस्या आउँदैन। ती पाठकहरु जो छन्, ती पाठकहरुले पौरख गरेको हुँदैन। मेरो अनुभवले त्यस्तो भन्छ।
साहित्य कस्तो हुनुपर्छ भन्ने एकदमै गाह्रो र क्लिसे प्रश्न हो। लेखकको विभिन्न चिजहरुलाई हेर्ने दृष्टिकोण, उसको विश्वदृष्टि कस्तो हो, त्यो फरक पर्न सक्छ। म भनुँला, संसारमा सबैले माक्र्सवादी साहित्य पढ्नुपर्छ, माक्र्सवादी साहित्य नै लेख्नुपर्छ। उहाँको लागि त्यो नसुहाउला। उहाँलाई मन्टो मन पर्ला, अर्कोलाई अर्कोलो बोर्हेस मन पर्ला, अथवा अरु केही मन पर्ला। त्यसैले, त्यो को हो जसले साहित्य यस्तो हुनुपर्छ भनेर भन्छ?
कोही आधिकारिक व्यक्ति छ जस्तो मलाई लाग्दैन। लेखक, सिर्जना गर्ने व्यक्तिले आफूलाई लागेको कुरा मात्र भन्ने हो। म पर्सोनाजका लागि लेख्नुपर्छ भनौँला, अर्कोले समाज। त्यही भएर, संसारभर यही लेख्नुपर्छ, यही हुनुपर्छ भन्ने भयो भने त साहित्य, कला, विविधता नै हुँदैन नि। सुन्दर त यहाँ बुद्धिसागर छ, नयनराज छ, नगरकोटी छ, नारायण वाग्ले छ, नारायण ढकाल छ, संजीव उप्रेती छ, सुविन भट्टराई छ। त्यसैले त हाम्रो साहित्यमा डाइनामिक्स छ, तपाईंलाई च्वाइसेस छ। सुविन भट्टराईलाई उसले लेखेको जस्तो नलेखेर फिलोसफिकल लेख्नुपर्छ भन्यो भने, त्यो नसुहाउला। कसैको विश्वदृष्टि के हो, हेर्ने चिजहरु के हो, त्यहीअनुसार ‘डिफाइन’ हुने हो। त्यहाँ ‘अल्टिमेट’ चिज छैन।
प्रस्तुति- नारायण भण्डारी(बुकाहोलिक्स र बुकमाण्डुले सुरु गरेको 'कर्मयात्रा'मा कुमार नगरकोटीको मन्तव्यको सम्पादित रुप। कर्मयात्रा अन्तरक्रियाको पहिलो श्रृंखलामा नगरकोटीको साथमा बुद्धिसागर र नयनराज पाण्डेसमेत सहभागी थिए।)