भारतीय शास्त्रीय गायक पण्डित प्रभाकर कारेकरको मृत्यु भएको छ।
बुधबार राति उनको ८० वर्षको उमेरमा मृत्यु भएको हो। उनी केही समयदेखि बिमारी थिए। मुम्बईमा शिवाजी पार्कस्थित आफ्नै निवासमा उनले अन्तिम सास लिएका थिए।
पण्डित प्रभाकरको पार्थिव शरीर आज दादरस्थित उनको घरमा अन्तिम दर्शनको लागि राखिनेछ। त्यसपछि साँझ ५ बजे उनको अन्तिम संस्कार गरिनेछ।
उनी दिल्लीबाट प्रसारित हुने राष्ट्रिय कार्यक्रम र संगीत सम्मेलनमा गीत गाउँथे। उनले अमेरिका, ब्रिटेन, अस्ट्रेलिया, इटली अन्य केही देशमा आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए।
उनको जन्म सन् १९४४ मा गोवामा भएको थियो। उनले पण्डित सुरेश हल्दान्कर, पण्डित जितेन्द्र अभिषेकी र पण्डित सीआर व्याससँग संगीत शिक्षा लिएका थिए।