बलिउडका चर्चित सिक्वेल मध्ये एक हो फिल्म 'हेरा फेरी'।
'हेरा फेरी' को पहिलो भाग सन् २००० मा प्रदर्शन भएको थियो भने सन् २००६ मा यसको दोस्रो भाग 'फिर हेरा फेरी' प्रदर्शन भयो।
दुवै संस्करणमा अक्षय कुमार, परेश रावल र सुनील शेट्टीलाई दर्शकले निकै मन पराएका थिए। लामो समयदेखि दर्शक यसको तेस्रो भागको पर्खाइमा थिए। अब यस फिल्मको तेस्रो पार्टको तयारी सुरू भएको छ। फिल्मलाई अनिस बाज्मीले निर्देशन गर्नेछन्।
यसैबीच फिल्ममा तब्बू अनुबन्धित भएकी छन्। तब्बू 'हेरा फेरी' को पहिलो पार्टमा देखिएकी थिइन्। फिल्ममा उनले सुनील शेट्टीकी प्रेमिकाको भूमिका निर्वाह गरेकी थिइन्।
सन् २००६ मा रिलिज भएको फिल्म 'हेरा फेरी' को दोस्रो पार्टमा तब्बू देखिएकी थिइनन्।