चर्चित भारतीय र्यापर रफ्तारले विवाह गरेका छन्।
उनले मनराज जवन्दासँग दोस्रो विवाह गरेका हुन्। उनीहरूको करिबी साथी र परिवारको सहभागीतामा विवाह भइरहेको छ।
मनराज पेशाले स्टाइलिस्ट र फिटनेस प्रोफेशनल हुन्। कोलकातामा जन्मिएकी मनराजलाई फेसनको शोक बाल्यकालदेखि नै थियो। मनराजले केही म्युजिक भिडिओमा समेत अभिनय गरेकी छन्।
यसअघि रफ्तारले सन् २०१६ मा कोमल बोहरासँग विवाह गरेका थिए। उनीहरूले ५ वर्षअघि सम्बन्ध विच्छेद गरेका थिए।