बलिउड निर्देशक राकेश रोशनले बलिउडमा नेपाटिज्म नभएको बताएका छन्।
उनले आफ्नो छोरा ऋतिक रोशनलाई पनि उनको मेहनतको कारण बलिउडमा लन्च गरेको बताए।
'बलिउडमा नेपोटिज्म जस्तो कुनै चिज हुँदैन। म सधैं ती व्यक्तिलाई कास्ट गर्छु, जो त्यस भूमिकाको लागि सही हुन्छन्। ऋतिकले चार वर्षसम्म मेरो सहायक निर्देशकको रूपमा काम गरेका थिए। त्यतिबेला मलाई उसको अभिनयको क्षमताबारे थाहा भयो। त्यसपछि मैले उसलाई फिल्ममा लन्च गर्ने निर्णय लिएको हुँ,' उनले भने।
द रोशन्स डकुमेन्ट्री सिरिजमा अभिनेत्री प्रियंका चोपडाले भनेकी थिइन्, 'रोशन परिवार सधैं ती व्यक्तिलाई मौका दिन्छन्। जो इन्डस्ट्रीसँग जोडिएका हुँदैनन्।'
प्रियंकाले राकेश रोशन निर्देशित फिल्म 'कृष' र 'कृष ३' मा काम गरेकी थिइन्।