भारतीय गायक दिलजीत दोसाँझको चण्डीगढको कन्सर्टमाथि विवाद भएको छ।
उनको १४ डिसेम्बरमा कन्सर्ट भएको थियो। जिल्ला प्रशासनले कन्सर्ट व्यवस्थापनको कारण नोटिस जारी गरेका हुन्।
भारतीय सञ्चारमाध्यम नवभारतटाइम्सका अनुसार जिल्ला प्रशासनले हाई कोर्टमा कन्सर्टमा साउन्ड निर्धारित सीमाभन्दा बढी पाइएको बताएको छ।
यस मामिलामा १८ डिसेम्बरमा पञ्जाब र हरियाणा हाई कोर्टमा सुनुवाइ भएको थियो। १४ डिसेम्बरमा दिलजीत दोसाँझको कन्सर्ट रोक्न हाई कार्टले याचिका दायर गरेको थियो। पछि कोर्टले निर्धारित साउन्डमा कन्सर्ट गर्न अनुमति दिएको थियो।
दिलजीतको कन्सर्टको साउन्ड ७५ डिबीभन्दा माथि नगर्नु भनिएको थियो। तर कन्सर्टमा साउन्ड ८० डिबीभन्दा माथि पुगेको छ।
दिलजीत दोसाँझ कन्सर्टको व्यवस्थापकको तर्फबाट वकील अक्षय भान र चण्डीगढ प्रशासनको तर्फबाट अमित मांझी हाई कोर्टमा पेश भएका थिए। अब यस केसको सुनुवाइ ९ जनावरीमा हुनेछ।