टेलिशृंखलाकी अभिनेत्री देवोलिना भट्टाचार्जी आमा बनेकी छन्।
उनले बुधबार छोरालाई जन्म दिएकी हुन्। देवोलिनाले आमा बनेपछि सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गरेकी छन्। जसमा उनी र उनका श्रीमान शाहनवाज शेखले अभिभावक बनेको खुसी साटेका छन्।
'नमस्ते! हाम्रो नयाँ पाहुना छोरा हुन्,' उनले लेखेकी छन्।
उनले २ वर्षअघि शाहनवाज शेखसँग विवाह गरेकी थिइन्। उनीहरूले कानुनी विवाह गरेका थिए।
देवोलिना 'साथ निभाना साथिया' टेलिशृंखलाबाट चर्चामा आएकी हुन्। उनी गोपी बहुको नामले चर्चित छिन्।