बलिउड अभिनेता विक्रान्त मासे अभिनीत फिल्म 'द साबरमती रिपोर्ट' ले भारतीय बक्स अफिसमा राम्रो सुरूआत गरेको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले १ करोड ६९ लाख भारू कमाएको छ। यो कमाइ उनको पछिल्लो सुपरहिट फिल्म '१२ वीं फेल' को भन्दाबढी हो। '१२ वीं फेल' ले पहिलो दिन १ करोड १० लाख भारू कमाएको थियो। फिल्ममा सन् २००२ मा गोधरा रेलवे स्टेशन नजिक साबरमती एक्सप्रेसमा घटेको घटनालाई देखाइएको छ।
धिरज सरनाले निर्देशन गरेको फिल्म 'द साबरमती रिपोर्ट' मा विक्रान्त मासेसँगै राशि खन्ना र रिद्धि डोगराको मुख्य भूमिका छ। फिल्म बालाजी टेलिफिल्म्सको ब्यानरबाट निर्माण गरिएको हो।