बलिउड फिल्म 'धूम' को तीन संस्करण प्रदर्शन भइसकेको छ। तीन वटै फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरेका थिए।
अब यस फिल्मको चौथो संस्करण बन्ने भएको छ। भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार 'धूम ४' मा रणवीर कपूर चोरको भूमिकामा देखिनेछन्। फिल्मका निर्माता आदित्य चोपडा र रणवीर कपूरबीच लामो समयदेखि कुराकानी चलिरहेको छ।
यसअघि आमिर खान, ऋतिक रोशन, जोन अब्राहम चोरको भूमिकामा देखिएका थिए। धूम फ्रेन्चाइजीका भिलेन परिवर्तन भएपनि हीरोको ठाउँ कसैले लिन सकेका थिएनन्। तर धूम ४ मा अभिषेक बच्चन र उदय चोपडा देखिने छैनन्। उनीहरूको ठाउँमा नयाँ पुस्ताको कलाकार लिइनेछ।
निर्माण टिमले हाल औपचारिक जानकारी दिएका छैनन्। आदित्य चोपडा फिल्म 'धूम ४' को छायांकन २०२६ मा सुरू गर्ने तयारीमा छन्।
यतिबेला रणवीर कपूर नितेश तिवारीको फिल्म 'रामायण' को छायांकनमा व्यस्त छन्। यसपछि उनी सञ्जय लीला भन्सालीको फिल्म 'लभ एन्ड वार' को छायांकनमा व्यस्त हुनेछन्।