बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्राफ अभिनीत फिल्म 'बडे मियाँ छोटे मियाँ' बक्स अफिसमा फ्लप भएको थियो।
फिल्मको असफतापछि फिल्मकर्मी अभिनेताहरूसँग रिसाएका थिए। यतिबेला फिल्म फेरि चर्चामा आएको छ। फिल्मका निर्माता र निर्देशकबीच मतभेद सुरू भएको छ। उनीहरूबीच पैसाको विवाद यति बढ्यो कि अब उनीहरू एक अर्कालाई आरोप लगाइरहेका छन्।
निर्देशक अली अब्बास जफरले पारिश्रमिक नदिएको आरोप लगाएका छन् भने एनआरआईका निर्माता वाशु भगनानी र ज्याकी भगनानीले निर्देशकमाथि पैसालाई गलत प्रयोग गरेको आरोप लगाएका छन्। उनीहरूले निर्देशक संघमा उजुरी दर्ता गरेका छन्।
उनीहरूले निर्देशकमाथि 'बडे मियाँ छोटे मियाँ' को छायांकनको क्रममा अबू धाबी अधिकारीबाट पाएको पैसालाई दुरुपयोग गरेको आरोप लगाएका छन्। यस मामिलामा अली अब्बास जफरसँगै हिमान्शु मेहरा र ऐकश रनाडिभको पनि नाम आएको छ। फिल्मका निर्माताका अनुसार उनीहरूले ९ करोड ५० लाख भारू हेर-फेर गरेका छन्।
निर्देशक अली अब्बास जफरले ७ करोड ३५ लाख भारू पारिश्रमिक नदिएको आरोप लगाएका थिए। निर्माताहरूले आफूलाई सही सावित गर्न निर्देशकसँग अफवाह फैलाएको बताएका छन्।