दक्षिण भारतीय अभिनेता विजय थलापतिको फिल्म 'गोट' मा देखिएकी अभिनेत्री पार्वती नायरविरूद्ध उजुरी दर्ता भएको छ।
उनीमाथि स्टुडियोमा हाउस हेल्पर सुभाष चन्द्र बोसलाई कुटपिट गर्ने आरोप छ। उनीसँगै अन्य ५ जनाको पनि नाम सामेल छ।
भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार अभिनेत्रीविरूद्ध भारतीय दण्ड संहिताको सेक्शन २९६, ११५ (२) र ३५१ (२) को मामिला दर्ता भएको छ। सुभाष चन्द्र बोस केजेआर स्टुडिओमा हेल्परका रूपमा काम गर्थे। सन् २०२२ मा अभिनेत्री पार्वतीको घरमा काम गर्थे।
सुभाषले पार्वतीको घरमा काम गर्ने समयमा ल्यापटप, घडी, क्यामेरा र मोबाइल चोरी भएको थियो। जसको आरोप पार्वतीले सुभाषमाथि लगाएकी थिइन्। सुभाष जेल समेत गएका थिए।
जेलबाट छुटेपछि सुबाषले केजेआर स्टुडिओमा काम गर्न थालेका थिए। एक दिन पार्वती स्टुडिओमा आइन् र उनले सुभाषलाई थप्पड हानेकी थिइन्। उनीसँगै ५ जनाले गाली गलौज गरेका थिए। त्यसपछि सुभाषले टेनमपेट पुलिस स्टेशनमा अभिनेत्री पार्वती समेत ५ जनाविरूद्ध उजुरी दर्ता गरेका थिए।