९७ औं एकेडेमी अवार्ड (अस्कर) का लागि भारतबाट फिल्म 'लापता लेडिज' छनोट भएको छ।
द फिल्म फेडरेशन अफ इन्डियाको सदस्यले आधिकारिक रूपमा यसबारे जानकारी दिएको हो। 'लापता लेडिज' सँगै 'वाजहई', 'तंगलान', 'उलोजकुहू' र 'श्रीकान्त' ले अस्करको लागि आवेदन दिएका थिए।
'लापता लेडिज' किरण रावको दोस्रो निर्देशित फिल्म हो। आफ्नो फिल्म अस्करको लागि छनोट भएपछि किरण रावले खुशी व्यक्त गरेकी छन्।
आमिर खान, किरण राव र ज्योति देशपान्डेको लगानी रहेको फिल्ममा नितान्शी गोयल, रविन किशन, प्रतिभा रान्टा, स्पर्श श्रीवास्तव, छाया कदम, गीता अग्रवाल शर्मालगायत कलाकारको अभिनय छ।
फिल्ममा रेलमा बेहुली परिवर्तन भएको कथा देखाइएको छ। फिल्मको पटकथा तथा संवाद स्नेहा देसाईले लेखेका हुन्।