दक्षिण भारतीय अभिनेता जुनियर एनटिआर अभिनीत फिल्म 'देवरा पार्ट १' २७ सेक्टेम्बरदेखि प्रदर्शन हुँदैछ।
६ वर्षपछि जुनियर एनटिआरको सोलो फिल्म रिलिज हुन लागेको हो। सन् २०१८ मा उनको पछिल्लो सोलो फिल्म 'अरविन्द समेथा' रिलिज भएको थियो।
कोरताला शिवा निर्देशित फिल्म 'देवरा' दुई भागमा रिलिज हुनेछ। यसको पहिलो भाग रिलिज हुनुअघि आन्ध्र प्रदेशले एक निर्णय लिएको छ। जसले देवरालाई सुपरहिट बनाउन सहयोग गर्नेछ।
आन्ध्र प्रदेशको सरकार परिवर्तन भएपछि सिनेमा हलमा रिलिज हुने जुनियर एनटिआरको 'देवरा' पहिलो फिल्म हो। मुख्यमन्त्री चन्द्रबाबु नायडु र उप-मुख्यमन्त्री पवन कल्याणले फिल्मकर्मीको हितमा 'देवरा' को टिकट दर बढाउने आदेश दिएका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार सरकारले मल्टिप्लेक्स टिकट दरमा १३५ भारू, उच्च श्रेणीको टिकटमा ११० भारू र निम्न श्रेणीको टिकटमा ६० भारू बढाउने आदेश दिएको छ। यतिमात्र होइन सरकारले रिलिजको दिन मध्य रात्रिमा ६ विशेष शो र दोस्रो दिन पाँच शो बढी अनुमति दिएको छ।
फिल्ममा एनटिआरसँगै जान्हवी कपूर, श्रुति मराठे, प्रकाश राज, श्रीकान्त, सैफ अली खानलगायत कलाकारको अभिनय छ। यसै फिल्मबाट जान्हवीले दक्षिण भारतीय फिल्ममा डेब्यू गर्न लागेकी हुन्।