बलिउड अभिनेत्री अनन्या पाण्डेले जुलाईमा भारतीय धनाढ्य मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह सहभागी हुँदाको अनुभव सुनाएकी छन्।
अनन्याले एक अन्तर्वार्तामा अम्बानीका छोराको विवाहमा कलाकारले पैसा लिएको खबरलाई खण्डन गरेकी छन्।
'उनीहरू (अनन्त-राधिका) मेरा साथी हुन्, मानिसहरू यस्तो किन सोच्छन्, मैले बुझेकी छैन। उनीहरूको बिहेमा मैले जमेर नाचेँ किनकी म मेरा साथीहरूको विवाहमा सहभागी थिएँ। म उनीहरूबीचको मायाको उत्सव मनाउँदै थिएँ,' उनले भनिन्।
उनले थप्दै भनिन्, 'अम्बानी परिवारले बिहेको क्रममा सबैको ख्याल राखेका थिए। उनीहरूले दिल खोलेर सबैको स्वागत गरेका थिए। यसले विवाहमा अतिथिहरूलाई आफ्नोपन महसुस भयो।'
अनन्त र राधिकाको विवा १२ जुलाईमा भएको थियो। उनीहरूको विवाहमा प्रियंका चोपडा, शाहरूख खान, रजनीकान्त, रेसलर जोन सीना, रणवीर सिंह, सञ्जय दत्त, जान्हवी कपूर र अर्जुन कपूर खुब नाचेका थिए।
विवाहमा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर, यूपीका पूर्व मुख्यमन्त्री अखिलेश यादव, बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव र बंगालकी मुख्यमन्त्री ममता बनर्जीलगायत भारत र विदेशका २ हजारभन्दा बढी सेलिब्रेटी र नेताहरू सहभागी भएका थिए।