बलिउड अभिनेता सलमान खान र उनका टिमले आफ्नो फ्यानलाई सचेत गराउँदै एक विज्ञप्ति जारी गरेका छन्।
टिमले हाल सलमानको अमेरिकामा कुनै टुर नभएको बताएका छन्। साथै युएस टुरको नाममा ठगी गर्नेविरूद्ध कानुनी प्रक्रियामा जाने बताइएको छ।
'तपाईहरूको जानकारीको लागि सलमान खान या उनीसँग जोडिएको कम्पनीले युएसमा कुनै कन्सर्ट आयोजना गरेको छैन। कतिपयले सलमानले प्रस्तुति दिने भनेका रहेछन्- यो गलत हो। तपाईहरू यसमा भरोसा नगर्नु होला। हामी यस्ता झुटो खबर फैलाउने विरूद्ध कानुनी प्रक्रियामा जानेछौं,' विज्ञप्तिमा लेखिएको छ।
यतिबेला सामाजिक सञ्जालमा सलमानले ५ अक्टोबरमा प्रस्तुति दिने बताएको छ।
सलमान यतिबेला फिल्म 'सिकन्दर' को छायांकनमा व्यस्त छन्। यो फिल्म सन् २०२५ को इदमा रिलिज हुनेछ। योसँगै उनी भारतीय रियालिटी शो 'बिग बोस १८' होस्ट गर्ने तयारीमा छन्।