बलिउड अभिनेता सैफ अली खान दक्षिण भारतीय फिल्म 'देवरा' मा खलनायक बनेका छन्।
यो उनको पहिलो दक्षिण भारतीय फिल्म हो। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनको माध्यम अभिनेता जुनियर एनटिआर बनेका थिए।
सैफलाई दक्षिण भारतीय फिल्ममा रूचि थियो। तर भाषा आउँदैन थियो। निर्देशक शिवाले उनलाई भाषालाई लिएर चिन्तित नहुने भनेका थिए।
'फिल्ममा एक्सन उच्च स्तरको छ। फिल्ममा एक्सन सिक्वेन्स निकै लामो छ,' उनले भने।
कोरताला शिवा निर्देशित फिल्ममा एनटिआर र सैफसँगै जान्हवी कपूर, श्रुति मराठे, प्रकाश राज, श्रीकान्तलगायत कलाकारको अभिनय छ। यसै फिल्मबाट जान्हवीले दक्षिण भारतीय फिल्ममा डेब्यू गर्न लागेकी हुन्।
यो फिल्म २७ सेक्टेम्बरदेखि प्रदर्शन हुनेछ।