बलिउड अभिनेता सनी देओलको आगामी फिल्म 'बोर्डर २' छायांकन अगावै विवादमा परेको छ। यो फिल्म सन् १९९७ मा रिलिज भएको 'बोर्डर' को सिक्वेल हो।
फिल्मका वितरक भरत शाहले 'बोर्डर २' का निर्मातालाई नोटिस पठाएका छन्। वकिल अजय खटलावालाका अनुसार भरत शाह र बीना भरत शाहसँग फिल्म 'बोर्डर' को वर्ल्ड राइट्स रहेको छ। तर फिल्मका निर्माता तथा निर्देशक जेपी दत्तासँग मतभेद भएपछि विदेशी राइट्सको पैसा नपाएको बताएका छन्।
यस फिल्मको पहिलो पार्टलाई लिएर अदालतमा मुद्दा चलिरहेको छ। सन् २०१४ मा बम्बे हाई कोर्टले मुद्दा दर्ता गरिएको थियो।
जेपी दत्ताको निर्देशनमा बन्ने फिल्म 'बोर्डर २' मा सनी देओल, वरूण धवन, दिलजीत दोसाँझको मुख्य भूमिका रहनेछ। यो फिल्म सन् २०२६ जनावरी २३ मा रिलिज हुनेछ।