बलिउड अभिनेत्री करीना कपूर खान अभिनीत फिल्म 'द बकिंघम मर्डर्स' ले बक्स अफिसमा औसत कमाइ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार फिल्मले २ दिनमा ३ करोड भारू कमाएको छ। १ करोड १५ लाखमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन १ करोड ८५ लाख भारू कमाएको हो।
हंसल मेहताले निर्देशन गरेको फिल्म गतवर्ष जियो मामी फेस्टिभलमा प्रिमियर भएको थियो। फिल्ममा करीनासँगै ऐश टन्डन, रणवीर बराड, कीथ एलनलगायत कलाकारको मुख्य भूमिका छ। फिल्ममा करीना जासुसको भूमिकामा देखिएकी छन्।
यसै फिल्ममार्फत करीनाले निर्माताको रूपमा डेब्यू गरेकी छन्। फिल्ममा उनीसँगै शोभा कपूर, एकता कपूरको पनि लगानी छ।