गत शुक्रबारदेखि प्रदर्शन भएको फिल्म 'सेक्टर ३६' मा पहिलो पटक नकारात्मक भूमिका देखिएका छन् विक्रान्त मासे।
उनले नकारात्मक भूमिका निर्वाह गर्नुको कारण खुलाएका छन्। 'मलाई धेरै व्यक्तिले यस्तो फिल्म नखेल्नु भनेर सल्लाह दिए। उनीहरूलाई लाग्थ्यो कि १२ वीं फेलको सफलतापछि मेरो छुट्टै छवि हुन सक्छ। तर म आफ्नो मनको सुन्छु। मलाई साबित गर्नु थियो कि यो गलत निर्णय थिएन। कलाकारको हिसाबले सबैभन्दा महत्वपूर्ण कहानीमा विश्वास छ कि छैन भन्ने हो,' उनले भने।
उनले थप्दै भने, 'एक राम्रो कहानीसँग जोडिनु मेरो लागि धेरै महत्वपूर्ण छ। जब मैले सेक्टर ३६ को कहानी पढें यो मेरो लागि चुनौति थियो किनकी यस्तो भूमिका मैले न टिभीमा गरेको छु, न वेब सिरिजमा र न फिल्ममा। यो मेरो लागि अवसर थियो कि आफ्नो कलाको दोस्रो चरण देखाउन सकूँ।'
विक्रान्त आगामी फिल्म 'आँखोंकी गस्ताखियाँ' मा देखिनेछन्।