बलिउड अभिनेत्री मलाइका अरोडाका बुवा अनिल अरोडाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनले बान्द्रास्थित एक बिल्डिङको सातौं तलाबाट हाम फालेका हुन्। यो घटना बुधबार बिहान ९ बजेको हो।
उनले किन बिल्डिङबाट हाम फाले भनेर खुलासा भएको छैन। उनी पछिल्लो केही समयदेखि बिरामी थिए। पुलिसको प्रारम्भिक जाँचमा कुनै आत्महत्या नोट भेटिएको छैन।
बुवाको मृत्यु हुँदा मलाइका पुणेमा थिइन्। खबर पाउने बित्तिकै उनी मुम्बईमा आएकी छन्। मलाइकाका पूर्वपति अरबाज खान आफ्नो परिवारसहित घटनास्थलमा पुगेका छन्।
गतवर्ष अनिललाई बिरामीको कारण मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो।