नितेश तिवारीले निर्देशन गरिरहेको फिल्म 'रामायण' मा अभिनेता रणवीर कपूर दोहोरो भूमिकामा देखिने भएका छन्।
भारतीय सञ्चारमाध्यम पिपिङ मूनका अनुसार रणवीर फिल्ममा राम र परशुराम दुवैको भूमिकामा देखिनेछन्। हिन्दु माइथोलोजीमा राम र परशुराम दुवै भगवान विष्णुको अवतार बताइएको छ।
फिल्ममा साई पल्लवी सीताको भूमिकामा देखिनेछिन्। त्यस्तै हनुमानको भूमिकामा सनी देओल र कुम्भकर्णको भूमिकामा बबी देओल देखिने चर्चा छ।
रावणका भाइ विभीषणको भूमिकामा अभिनेता विजय सेतुपति देखिने बताइएको छ भने रावणको भूमिकामा को देखिने खुलाइएको छैन। यसअघि रावणको भूमिकामा दक्षिण भारतीय अभिनेता यश देखिने बताइएको थियो।
निर्देशक नितेश, मधु मन्टेना, नमित मल्होत्रा र अल्लू अरविन्दको लगानी रहने फिल्म तीन भागमा बन्ने बताइएको छ। पहिलो भागमा राम र सीताको कहानी समावेश गरिनेछ।
प्यान इन्डियाको फिल्म सन् २०२५ प्रदर्शन हुनेछ।