बलिउड अभिनेत्री कंगना रनावतको फिल्म 'इमरजेन्सी' को ट्रेलर सार्वजनिक भएदेखि नै विरोध भइरहेको छ।
लगातार शिख समुदायले फिल्मको विरोध गरेपछि सेन्सर बोर्डले सर्टिफिकेट दिएको थिएन। यो फिल्म ६ सेक्टेबरमा प्रदर्शन हुने भनिएको थियो।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार तीन दृश्य काट्दै फिल्मले रिलिजको अनुमति पाएको छ। साथै फिल्मको १० दृश्य परिवर्तन गरिएको छ। सेन्टल बोर्ड अफ फिल्म सर्टिफिकेशनले फिल्मलाई युए सर्टिफिकेट दिएको छ।
सेन्सर बोर्डले भारतीय महिलाप्रति गरिएको अपमानजनक टिप्पणी परिवर्तन गरिएको हो। केही समयअघि अभिनेत्री कंगनाले सामाजिक सञ्जालमा एक भिडिओ सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति रोकिएको जानकारी दिएकी थिइन्।
अब निर्माण टिम छिट्टै नयाँ प्रदर्शन मिति घोषणा गर्ने तयारी छ। कंगना रनावत निर्देशित फिल्ममा उनी भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिएकी छन्।