ठूला बजेट, ठूला प्रोडक्सन हाउस कलाकारलाई आकर्षित गर्छ।
ठूला बजेटका फिल्मको प्रमोशन भव्य तरिकाले गरिन्छ। धेरै भन्दा धेरै दर्शकले फिल्म हेरून भनेर प्रमोशनमा कुनै कसर छाडिएको हुँदैन। तर अभिनेता नवाजुद्दीन सिद्दीकी यस कुरामा विश्वास गर्दैनन्।
उनी नयाँ निर्देशक र नयाँ निर्मातासँग काम गर्न रूचाउँछन्। 'ठूला बजेटका फिल्मबाट पैसा मात्र पाइन्छ। यस्तो सधैं जरूरी हुँदैन। ठूला बजेटको फिल्ममा कहानी र तपाईंको भूमिका राम्रो हुन्छ भन्ने हुँदैन। ठूला बजेटको राम्रो फिल्म कम नै बनेका छन्। ओपनहाइमर ठूलो बजेटको फिल्म थियो। जसमा कलाकारको राम्रो प्रस्तुति थियो। हिन्दी फिल्ममा बजरंगी भाइजान राम्रो बनेको थियो। यी फिल्मको विषय राम्रो थियो। जसले दर्शकलाई बाँधेर राखेको थियो,' उनले भने।
उनले थप्दै भने, 'ठूला बजेटका सबै फिल्म खराब हुन्छ भन्ने होइन। तर फिल्म छनोटको कारण यति मात्र हुनु भएन। ठूलो बजेटको फिल्म हो गरौं भन्ने हुनु भएन।'