अभिनेत्री अनन्या पाण्डेले सन् २०१९ मा फिल्म 'स्टूडेन्ट अफ द इयर २' बाट बलिउडमा डेब्यू गरेकी थिइन्।
पाँच वर्षमा उनको चार वटा फिल्म रिलिज भए। जसमा दुई फिल्म हिट भएका थिए। अनन्याले विजय देवरकोन्डासँग फिल्म 'लाइगर' मा पनि काम गरेकी थिइन्। तर यो फिल्म बक्स अफिसमा फ्लप भयो।
पुरी जगन्नाथ निर्देशित फिल्म 'लाइगर' २०२२ मा रिलिज भएको थियो। स्पोर्ट एक्सन ड्रामा फिल्ममा अनन्याले तान्याको भूमिका निर्वाह गरेकी थिइन्। यस फिल्ममा उनको अभिनयलाई ट्रोल गरिएको थियो। हालै अनन्याले आफूलाई फिल्मको स्क्रिप्ट मन नपरेको बताएकी छन्।
'जब म कुनै स्क्रिप्ट पढ्छु मेरो दिमागमा रातो झण्डा वाला कुरा चल्छ। एक महिलाको रूपमा मेरो कर्तव्य र जिम्मेदारी हुन्छ कि म त्यो अनुहार बनूँ कि यो सही होइन। लाइगरमा केही डाइलग ठिक थिएन। उहाँहरूले केही कुरा परिवर्तन गरेका थिए। मलाई खुशी लाग्छ कि त्यस समय मैले आफ्नो विचार राखे,' उनले भनिन्।