बलिउड अभिनेता आमिर खानले आफ्नो पछिल्लो फिल्म 'लाल सिंह चढ्ढा' असफल भएपछि अभिनयबाट ब्रेक लिने घोषणा गरेका थिए। तर उनी आफ्नो प्रोडक्सनबाट बन्ने फिल्म 'सितारे जमीन पर' मा अभिनय गर्दैछन्।
यसैबीच उनी लोकेश कनगराज निर्देशित फिल्म 'कुली' मा देखिने चर्चा चलेको छ। यस फिल्ममा अभिनेता रजनीकान्तको मुख्य भूमिका छ।
भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार लोकेश कनगराजले हालै आमिर खानसँग फिल्मको बारेमा कुराकानी गरेका थिए। फिल्ममा आमिरको केमियो भूमिका हुनेछ। तर निर्माण टिमले हालसम्म औपचारिक जानकारी दिएको छैन।
आमिर खान र रजनीकान्तले फिल्म 'आतंक ही आतंक' मा एकसाथ काम गरेका थिए। यो फिल्म सन् १९९५ मा प्रदर्शन भएको थियो।