'जिन्दगी ना मिलेगी दोबारा' पछि फरहान अख्तर तीन हिरोइनलाई लिएर फिल्म 'जी ले जरा' बनाउँदैछन्।
सन् २०२१ मा फरहानले 'जी ले जरा' को घोषणा गरेका थिए। फिल्ममा अभिनेत्री प्रियंका चोपडा, आलिया भट्ट र कट्रीना कैफ देखिँदैछन्। तर तीन वर्षदेखि फिल्मको छायांकन रोकिरहेको छ।
यसैबीच प्रियंकालाई फिल्मको स्क्रिप्ट मन नपरेको खबर बाहिरिएको छ। 'द आर्चिज' निर्देशक जोया अख्तरले 'जी ले जरा' को छायांकन रोकिनुको कारण खुलाएकी छन्।
'मलाई लाग्छ कि फरहानले प्रियंका, आलिया र कट्रीनासँग एक मिति तय गर्नुपर्छ,' उनले भनिन्।
बलिउड सञ्चारमाध्यम दैनिक जागरणका अनुसार प्रियंका हाल आफ्नो हलिउड फिल्ममा व्यस्त छिन्। उनले हालै 'द ब्लफ' र 'हेड्स अफ स्टेट' जस्ता फिल्मको छायांकन सकेकी छन्।
आलिया भट्ट 'जिगरा' को छायांकनमा व्यस्त छिन् भने कट्रीना 'टाइगर भर्सेस पठान' को तयारीमा छिन्।