हलिउड फिल्म 'द लायन किङ' लाई दर्शकले निकै रूचाएका थिए। अब फिल्मको पहिलो पार्टको कहानी 'मुफासा: द लायन किङ' रिलिज हुँदैछ।
फिल्मको तेलुगू संस्करणमा अभिनेता महेश बाबुले स्वर दिएका छन्। उनले मुफासाको लागि आवाज दिएका हुन्। सोमबार तेलुगू संस्करणको ट्रेलर सार्वजनिक गरिएको छ।
सामाजिक सञ्जालमा फिल्मको ट्रेलर सेयर गर्दै महेश बाबुले लेखेका छन्, 'तेलुगूमा मुफासाको पात्रको आवाज बन्न पाउँदा उत्साहित छु। यस फिल्मको म ठूलो फ्यान हुँ। यो मेरो लागि निकै विशेष छ।'
'मुफासा: द लायन किङ' को हिन्दी संस्करणमा शाहरूख खान, आर्यन खान र अबराम खानले स्वर दिएका छन्।
बेरी जेनकिंसले निर्देशन गरेको फिल्म २० सेक्टेम्बरदेखि हलमा रिलिज हुनेछ।