'जन्जीर, दीवार, शोले र मिस्टर इन्डिया' जस्ता फिल्मका लेखक जोडी सलीम खान र जावेद अख्तरलाई लिएर डकुमेन्ट्री सिरिज बनेको छ।
सलीम खानका छोरा सलमान खान र जावेद अख्तरका छोरा फरहान खान र छोरी जोया अख्तरले मिलेर यो डकुमेन्ट्री सिरिज बनाएका हुन्। उनीहरूले यसको नाम 'एंग्री यंग म्यान' राखेका छन्।
यो सिरिज २० अगस्टदेखि अमेजन प्राइम भिडिओमा प्रसारित हुनेछ। सिरिजलाई लिएर सलमानले भने, 'आफ्नो बुवा र जावेद साहबको फिल्ममा काम गर्न निकै रमाइलो अनुभव थियो। फिल्मको लागि उहाँहरूको जोश एक पुस्ताको लागि हीरोइज्मको परिभाषा दिन्छ। म उहाँहरूलाई फेरि सँगै काम गरेको हेर्न चाहन्छु। यो सिरिज दुवै परिवारको लागि निकै खास छ।'
सलीम र जावेदको जोडीले २४ फिल्म लेखेका थिए। सन् १९८७ मा उनीहरूको जोडी छुट्टिएको हो। उनीहरूले बलिउडमा यस्तो वातावरण सिर्जना गरेका थिए कि लेखकलाई कलाकारको भन्दा बढी पारिश्रमिक दिइन्थ्यो।