पछिल्लो समय बलिउड अभिनेता अक्षय कुमारको फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्न सकेका छैन।
सन् २०२३ मा उनको फिल्म 'ओएमजी २' हिट भएको थियो। यसपछि उनका जति फिल्म आए सबै बक्स अफिसमा असफल भइरहेका छन्। उनी 'सरफिरा' बाट आशावादी थिए। तर यस फिल्मले पनि राम्रो कमाइ गर्न सकेन।
'सरफिरा' पछि उनी आफ्नो आगामी फिल्म 'खेल खेल में' को तयारीमा जुटेका छन्। यसै फिल्मको प्रमोशनबीच अक्षयले आफ्नो आलोचना गर्नेलाई जबाफ दिएका छन्।
'मान्छेहरू पर्सनल रूपमा आलोचना गर्छन्। एक व्यक्ति अरूभन्दा राम्रो गर्न चाहन्छ। जो मनदेखि गर्छ। म यसलाई सकरात्मक तरिकाबाट लिन्छु। यसलाई बुझ्दै म अगाडि बढिरहेको हुन्छु। मान्छेहरू भन्छन्, हामीले उनीहरूलाई सम्झाउनु पर्छ। तर म अलग-अलग तरिकाको फिल्म खेल्न छोड्ने छैन। कहिले काहीँ मलाई लाग्छ कि दर्शक जे चाहन्छन् त्यहीँ दिनुपर्छ,' उनले भने।
अक्षयको आगामी फिल्म 'खेल खेल में' अगस्ट १५ देखि प्रदर्शन हुँदैछ।