बलिउड अभिनेत्री रवीना टन्डन र करिश्मा कपूरको झगडाको विषयमा लामो समयसम्म चर्चा भएको थियो।
उनीहरूले फिल्म 'अन्दाज अपना अपना' को सेटमा समेत कुराकानी गरेका थिएनन्। तर दुवैले यस विषयमा खुलेर कुराकानी गरेका थिएनन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्म 'आतिश' को छायांकनको क्रममा दुईबीच एयरपोर्टमा झगडा भएको थियो।
हालै यस विषयमा रवीना टन्डनले खुलासा गरेकी छन्। 'जति चर्चा भयो हाम्रो त्यस्तो ठूलो झगडा थिएन। केही कुरामा असहमति थियो होला। तर कहिले पनि झगडा भएन। त्यतिबेला मान्छेहरूले बढाई-चढाई भनेका हुन्,' उनले भनिन्।
उनले त्यतिबेला सामाजिक सञ्जाल नभएर आफ्नो कुरा राख्न नपाएको बताइन्। साथै उनले पूजा भट्ट, जूही चावला, माधुरी दीक्षित र शिल्पा शेट्टीसँग राम्रो सम्बन्ध रहेको बताइन्।