दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म 'कल्की २८९८ एडी' ले बक्स अफिसमा धमाका मचाइरहेको छ।
नाग अश्विन निर्देशित फिल्मले ११ दिनमा विश्वभरबाट ८३२ करोड भारू कमाएको छ। यसैबीच प्रभासको नयाँ फिल्मको खबर बाहिरिएको छ।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार उनी सन्दिप रेड्डी वांगाको निर्देशन रहने फिल्म 'स्पिरिट' मा देखिँदैछन्। यस फिल्ममा दक्षिण कोरियाका अभिनेता मा डोङ-सियोक भिलेनको रूपमा प्रस्तुत हुँदैछन्। उनी कोरियन फिल्म क्षेत्रमा डन लीको नामले परिचित छन्।
मा डोङले 'ट्रेन टू बुसान, डेरेल्ड, द आउटलज' र मार्भल सिनेम्याटिक युनिभर्सको 'इटर्नल्स' जस्ता फिल्ममा अभिनय गरेका छन्।
फिल्ममा रश्मिका मन्दानाको पनि मुख्य भूमिका रहनेछ।