विश्वकै धनाढ्यमध्येका एक मुकेश अम्बानी आफ्नो छोरा अनन्त अम्बानीको विवाहको तयारीमा छन्।
उनी आफ्नो हरेक समारोहलाई भव्य बनाउँछन्। उनले छोराको विवाहलाई भव्य बनाउन करिब ४ महिनादेखि पार्टी दिइरहेका छन्। १ मार्चदेखि ३ मार्चसम्म उनले छोराको प्रि-वेडिङ समारोह राखेका थिए।
जामनगरमा राखिएको पार्टीमा बलिउडदेखि हलिउड कलाकारको सहभागिता थियो। त्यस्तै २९ मेदेखि १ जुनसम्म अम्बानी परिवारले क्रूज प्रि-वेडिङ पार्टी आयोजना गरेका थिए।
दुई प्रि-वेडिङपछि उनको विवाह धुमधामसँग हुन लागेको हो। अनन्त र राधिका मर्चेन्टको विवाह १२ जुलाईमा हुँदैछ। यसअघि उनीहरूको ५ जुलाईमा संगीत समारोह राखिएको थियो।
उनीहरूको संगीत समारोहमा थुप्रै बलिउड कलाकार आएका थिए। उक्त समारोहमा सलमान खान, रणवीर कपूर, आलिया भट्ट, रणवीर सिंह, दीपिका पादुकोण, जाहन्वी कपूरलगायत उपस्थित थिए।
उनीहरूको संगीतमा क्यानडाका चर्चित गायक जस्टिन बिबरले आफ्नो प्रस्तुति दिएका थिए। जसको लागि उनले ५० करोड भारू पारिश्रमिक लिएका छन्।