बलिउड अभिनेता शाहरूख खानको लागि सन् २०२३ निकै राम्रो रह्यो। उनी अभिनीत फिल्म 'जवान' र 'पठान' ले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।
सन् २०२४ मा उनको कुनै फिल्म प्रदर्शन नहुने बताइएको छ। तर सन् २०२५ मा शाहरूख फिल्म 'किङ' मा देखिनेछ। सुजोय घोषले निर्देशन गर्ने लागेको फिल्ममा शाहरूखकी छोरी सुहाना खान पनि देखिनेछिन्।
गतवर्ष सुहानाले जोया अख्तरको फिल्म 'द आर्चिज' बाट बलिउडमा डेब्यू गरेकी थिइन्। यो फिल्म ओटिटीमा रिलिज भएको थियो। अब सुहाना 'किङ' बाट ठूलो पर्दामा डेब्यू गर्दैछिन्।
यो फिल्म शाहरूख खानको होम प्रोडक्सन रेड चिलीज इन्टरटेनमेन्टले निर्माण गर्नेछ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मको बजेट २०० करोड भारू रहेको छ।
'किङ' एक एक्सन फिल्म हुनेछ। हाल फिल्मको स्क्रिप्टमा काम भइरहेको छ।